काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित एक जना पक्राउ परेका छन् ।
बिहीबार राति फ्लाइ दुबईको उडानबाट काठमाडौं उत्रेका गोरखाका चन्द्र घलेलाई सुनसहित भन्सारले पक्राउ गरेको हो ।
भन्सार विभागका अनुसार उनीले सुनको प्लेट बनाएर शरिरमा राखेर आएका हुन् । यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ ।
बिहीबार राति एयरपोर्टमा बिमान बाट उत्रने वित्तीकै भन्सारको टोलीले पक्राउ गरेको बताइएको छ ।
FACEBOOK COMMENTS