काठमाडौं । कामना सेवा विकास बैंकले १७औँ वार्षिक साधारण सभाको मिति तय गरेको छ ।
बैंक सञ्चालक समितिको गत सोमबार बसेको ३६५औँ बैठकले आगामी पुस १७ गते मंगलबार साधारण सभा गर्ने निर्णय गरेको हो । नक्सालस्थित लिसारा रिसेप्शनमा बिहान ११ बजेदेखि हुने साधारण सभामा सामान्य, विशेष र अन्य प्रस्तावहरू पेश हुनेछन् ।
विशेष प्रस्तावअन्तर्गत बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको विषय र एकआपसमा गाभ्ने/गाभिनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूको पहिचान गर्ने रहेको छ ।
क. सामान्य प्रस्तावहरु :
१. आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक वित्तीय विवरण (आषाढ मसान्त २०८० को वासलात, आ. व. २०७९/०८० को नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा/नोक्सान बाँडफाँट हिसाब, इक्विटीमा भएको परिवर्तन लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने ।
३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।
ख. विशेष प्रस्तावहरु:
१. विकास बैंकको प्रबन्धपत्र तथा नियमावलीको संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट कुनै थपघट, परिमार्जन वा संशोधनको निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न गराउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अख्तियारी दिने सम्बन्धी प्रस्ताव पारित गर्ने ।
२. यस कामना सेवा विकास बैंक लिमिटेड र इजाजतपत्र प्राप्त अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकापसमा प्राप्ति र गाभ्ने वा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, उपयुक्त देखिएमा सो सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्व मूल्याङ्कन (म्म्ब्) सम्बन्धी कार्य गर्ने, सो को लागि लेखापरीक्षक नियुक्त गर्ने, निजको पारिश्रमिक तोक्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न गराउन सञ्चालक समितिलाई अख्तियारी दिने ।
ग. विविध :
साधारणसभा सम्बन्धी थप संक्षिप्त जानकारी
१. यस सत्रौं वार्षिक साधारणसभा प्रयोजनको लागि विकास बैंकको सेयरधनी दर्ता पुस्तिका मिति २०८०/०८/२९ गते एक दिन बन्द रहनेछ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा मिति २०८०/०८/२८ गते सम्म कारोबार भई प्रचलित नियम अनुसार विकास बैंकको सेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड, कमलादी, काठमाडौंमा प्राप्त सेयरधनीहरु मात्र उक्त साधारणसभामा भाग लिन र मतदान गर्न सक्ने व्यहोरा यसै सूचनाद्वारा जानकारी गराइन्छ ।
सेयरधनी महानुभावहरुलाई विकास बैंकको सेयरधनी लगतमा कायम रहेको ठेगानामा वार्षिक प्रतिवेदन पुस्तिका पठाईने छ । साथै, उक्त पुस्तिका प्राप्त हुन नसकेमा यस बैंकको वेबसाइट मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।
नावालक वा होस ठेगानमा नरहेको शेयरधनीको तर्फवाट संरक्षकले सभामा भाग लिन, छलफल गर्न र प्रतिनिधि नियुक्त गर्न समेत सक्नुहुनेछ । सेयरवालाको दर्ता किताबमा संरक्षकको रुपमा नाम लेखिएको व्यक्तिलाई मात्र संरक्षक मानिनेछ । संयुक्त रुपमा सेयर खरिद गर्ने सेयरधनीको हकमा सेयर लगतमा जसको नाम पहिला उल्लेख गरिएको छ, सो व्यक्ति वा संयुक्त सेयरधनीको सर्वसहमतिबाट आफूहरुमध्ये नियुक्त व्यक्तिले मात्र सभामा भाग लिन छलफल गर्न, प्रतिनिधि नियुक्त गर्न र मतदान गर्न सक्नुहुनेछ ।
४. साधारणसभामा भाग लिन प्रतिनिधि (प्रोक्सी) नियुक्त गर्न चाहने सेयरधनीहरुले प्रचलित कम्पनी ऐनले तोकेको ढाँचामा प्रतिनिधिपत्र (प्रोक्सी) फाराम भरी सभा शुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै विकास बैंकको केन्द्रीय कार्यालय, काठमाडौं ३०, ज्ञानेश्वरमा दर्ता गरी सक्नु पर्नेछ । विकास बैंकको सेयरधनी बाहेक अन्य व्यक्तिलाई प्रोक्सी दिन र एकभन्दा बढी व्यक्तिलाई आफ्नो सेयर विभाजन गरी तथा अन्य कुनै किसिमवाट छुट्याई प्रोक्सी दिन पाइने छैन, यसरी दिइएको प्रोक्सी बदर हुनेछ ।
तर, प्रतिनिधि नियुक्त गर्ने सेयरधनीले आफूले अगाडि दिएको प्रतिनिधी (प्रोक्सी) बदर गरेको स्पष्ट उल्लेख गरी निवेदन दिई अर्को सेयरधनीलाई प्रतिनिधि नियुक्त गरेमा त्यसरी नियुक्त प्रतिनिधिले सभामा भाग लिन र मतदान गर्न पाउनेछन् । यस्तो अवस्थामा अधिल्लो प्रतिनिधि (प्रोक्सी) स्वत: बदर भएको मानिनेछ ।
५. प्रतिनिधि ( प्रोक्सी) नियुक्त गरिसक्नु भएको सेयरधनी आफै सभामा उपस्थित भई तोकिएको समय भित्र हाजिरी किताबमा दस्तखत गरी सभामा भाग लिएमा अगाडि दिएको प्रोक्सी स्वत: बदर भएको मानिनेछ ।
६. यस विकास बैंकको सेयर खरिद गरेको संगठित संस्था वा कम्पनीले विकास बैंकको कुनै अर्को सेयरधनीलाई प्रतिनिधि (प्रोक्सी) मुकरर गर्न सक्नेछ। त्यसरी प्रतिनिधी (प्रोक्सी) मुकरर नगरिएको अवस्थामा त्यस्तो संगठित संस्था वा कम्पनीले मनोनित गरेको प्रतिनिधिले सेयरवालाको हैसियतले सभामा भाग लिन सक्नेछन् ।
७. साधारणसभामा भाग लिने प्रत्येक सेयरधनी महानुभावहरुले सभा हुने स्थानमा उपस्थित भई त्यहाँ रहेको हाजिरी पुस्तिकामा दस्तखत गर्नुपर्नेछ । साधारणसभाको हाजिरी पुस्तिका सोही दिन १०:०० बजेदेखि खुल्ला रहनेछ । साथै, सभामा भाग लिन ईच्छुक सेयरधनी महानुभावहरुलाई आफ्नो आधिकारिक परिचयपत्र सहित सेयरधनी नम्बर वा अभौतिकीकरण गरिसकेको सेयरको हकमा द्यइक्ष्म् (हितग्राही परिचय नम्बर) प्रस्तुत गर्नुहुन अनुरोध छ ।
८. विविध शीर्षकअन्तर्गत सेयरधनी महानुभावले विकास बैंकको सम्बन्धमा तोकिएको प्रस्ताव बाहेक अन्य कुनै विषयमा छलफल, टिप्पणी, राय वा सुझाव राख्न आवश्यक ठानेमा सेयरधनी महानुभावहरुले आफूले प्रस्तुत गर्न चाहेको विषयबारे सभा हुनुभन्दा कम्तीमा ७ (सात) दिन अगावै कार्यालय समयभित्र लिखित रुपमा विकास बैंकको केन्द्रीय कार्यालयमा जानकारी दिनुपर्नेछ । यसरी पूर्व जानकारी नगराएको विषयमा सभामा छलफल तथा निर्णय गरिने छैन । स्वदेश वा विदेशमा रही साधारणसभामा उपस्थित हुन नसक्ने सेयरधनी महानुभावहरुले विकास बैंकको आधिकारिक वेवसाइट धधध.पबmबलबकभधबदबलप.अयm मा रहेको प्रोक्सी फाराम डाउनलोड गरी हस्ताक्षर गरी प्रोक्सी फाराम विकास बैंकको आधिकारिक इमेल बनm२पबmबलबकभधबदबलप.अयm मा पठाउन सक्नुहुनेछ ।
१०. साधारणसभा सम्बन्धी अन्य थप जानकारी तथा वार्षिक प्रतिवेदनको लागि विकास बैंकको केन्द्रीय कार्यालयको टोल फ्री नं. १६६००११३००० र फोन नं. ०१–५९७००३० मा सम्पर्क गर्नुहुन वा वार्षिक प्रतिवेदन उपलब्ध हुन नसकेको खण्डमा विकास बैंकको वेवसाइट www.kamanasewabank.com हेर्नुहुन वा काठमाडौं ३०, ज्ञानेश्वर स्थित विकास बैंकको केन्द्रीय कार्यालयमा, कार्यालय समयभित्र सम्पर्क राख्नुहुन अनुरोध छ ।
FACEBOOK COMMENTS