काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा पारित गर्न राष्ट्र बैंकको सञ्चालक समिति बैठक बसेको छ ।
बैठकले परित गरेपछि आजै मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी रहेको स्रोतको भनाई छ ।बिहीबार गभर्नर महाप्रसाद अधिकारीले अध्यक्षता गर्ने व्यवस्थापन समितिले समीक्षा पारित गरिसकेको छ ।
कात्तिक मसान्तभित्रै सार्वजनिक गरिसक्नुपर्ने मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा विभिन्न कारण देखाउँदै विलम्ब भएको हो ।
FACEBOOK COMMENTS