काठमाडौं । पूर्वसुरक्षाकर्मी परिषदको प्रवक्तामा सञ्चारकर्मी मणिराम लामिछाने नियुक्त भएका छन् ।
गत शनिबार बसेको केन्द्रीय परिषदको कार्यसमिति बैठकले लामिछानेलाई प्रवक्तामा चयन गरेको हो ।
बैठक पश्चात परिषदका केन्द्रीय अध्यक्ष के वी राउतले एक वक्तव्य जारी गर्दै भनेका छन्, ‘आवश्यकता अनुसार जिम्मेवारी हेरफेर गर्नुपर्र्ने भएको हुँदा परिषदका केन्द्रीय सदस्य श्री हेमशंकर गिरीज्यूले सम्हाल्दै आउनुभएको प्रवक्ताको जिम्मेवारी आजैका मितिबाट सहप्रवक्ता एवम् सूचना अधिकारी श्री मणिराम लामिछानेलाई दिइएको छ । त्यसैगरी सहप्रवक्ता लामिछानेले सम्हाल्दै आउनु भएको जिम्मेवारी कानुन व्यवसायी एवम् केन्द्रीय सदस्य श्री फणिन्द्रराज घिमिरेलाई दिने निर्णय गरिएको छ । परिषदको उत्तरोत्तर प्रगति तथा विकासको लागि उहाँहरूको उल्लेखनीय योगदान रहनेछ भन्ने हामीले विश्वास लिएका छौं ।’
FACEBOOK COMMENTS