काठमाडौं । मंगलबार अमेरिकी डलरको मूल्य उच्च विन्दुमा पुगेको छ । डलरले आफ्नो यसअघिको रेकर्ड ब्रेक गरेको छ ।
नेपाल राष्ट्र बैंकका आज एक डलरको बिक्री दर १३३ रुपैयाँ ७४ पैसा खरिद दर १३३ रुपैयाँ १४ पैसा रहेको छ । पछिल्लो समय डलरको तुलनामा भारतीय रुपैयाँ पनि निरन्तर कमजोर बन्दै गएको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम भएकाले भारु कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पर्न जान्छ ।
आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ३३ पैसा बिक्री दर १४३ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ४८ पैसा बिक्री दर १६८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा बिक्री दर ३६ रुपैयाँ ६७ पैसा रहेको छ ।
FACEBOOK COMMENTS