काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा गत वर्षको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको पछिल्लो आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकअनुसार चार महिनामा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या एक लाख ३७ हजार ४७५ रहेको छ ।
यस्तै, पुन: श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ रहेको छ ।
गत वर्षको यसै अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या एक लाख ९६ हजार ७३५ र पुन: श्रम स्वीकृति लिनेको संख्या ८७ हजार ४२८ रहेको थियो ।
FACEBOOK COMMENTS