काठमाडौं । गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कुमारी बैंकको बिहीबार मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो ।
कुमारीले अघिल्लो आर्थिक वर्ष २०७८–७९ मा भने १२.७०% नगद लाभांश वितरण गरेको थियो ।
यो सँगै लाभांश वितरण नगर्ने कम्पनीहरुको सूचीमा कुमारी बैंक पनि थपिएको छ ।
FACEBOOK COMMENTS