काठमाडौं । काठमाडौं महानगरपालिकाले गरेको सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनले आन्तरिम आदेश दिएको छ ।
आज शुक्रबार न्यायाधीश जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलगेसम्म महानगरले मंसिर १२ गते जारी गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई आधार मानी बिक्रीवितरण समेतमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, सो निर्णयले निवेदकहरूलाई अपुरणीय क्षति पुग्न सक्ने भन्दै अदालतले महानगरविरुद्ध आदेश जारी गरेको हो ।
महानगरपालिकालाई विपक्षी बनाई श्रीराम टोवागो उद्योगले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो ।
महानगरले व्यावसायिक मलहरूले पार्किङ शुल्क उठाउन नपाउनेगरी गरेको निर्णय पनि उच्च अदालत पाटनले यसअघि उल्ट्याएको थियो । यसले महानगरलाई एकपछि अर्को झट्का लाग्दै गएको छ ।
व्यावसायिक भवनले पार्किङ शुल्क उठाउन पाउने, महानगर विरुद्ध सर्वोच्चले गर्यो यस्तो फैसला
FACEBOOK COMMENTS