काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने काममा संलग्न रहेको पुष्टि भएपछि विगत सात महिनादेखि जेलमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण आज रिहा भएका छन् ।
नेपाली कांग्रेसका नेता समेत रहेका खाँणले जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति सुद्धीकरणमा १५ लाख रुपैयाँ धरौटी बुझाएपछि आज रिहा भएका हुन् ।
यसअघि हिजो बिहीबार उच्च अदालत, पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । सोही आदेश अनुसार उनी आज धरौटी बुझाएर जेलमुक्त भएका हुन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणले प्रहरीले उनलाई २७ वैशाखमा पक्राउ गरेको थियो ।
सोही प्रकरणमा पक्राउ परेका नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी भने अझै जेलमै छन् ।
बालिका करणी गर्नेलाई सुनाइयो जन्मकैदको फैसला
FACEBOOK COMMENTS