काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले यो वर्ष लगानीकर्ताहरूलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १ गते सम्पन्न संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
कम्पनीको सञ्चालक समितिको १६९औँ बैठकको निर्णयअनुसार यो वर्षको नाफा सञ्चित गरिनेछ । कम्पनीको यो प्रस्तावलाई नेपाल राष्ट्र बैंकले पारित गर्नुपर्नेछ ।
यस्तै, आगामी वार्षिक साधारण सभाबाट समेत पारित हुनुपर्ने छ । लक्ष्मी लघुवित्तले मर्जर तथा प्राप्ति र एफपीओबापतको कर तिरेपछि यो वर्ष नाफा वितरण नगरेको हो । कम्पनीले ४४ लाख १६ हजार ९६ रुपैयाँ कर बुझाएको छ ।
FACEBOOK COMMENTS