काठमाडौं । शिवम सिमेन्टले लाभांश घोषणा गरेको छ।
कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४ अर्ब ४० करोडको १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।
कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १९ गते बुक क्लोजको मिति समेत तय गरेको छ।
FACEBOOK COMMENTS