काठमाडौं । साताको चौथो कारोबार दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.४८ प्रतिशतले घटेको छ।
आज नेप्से परिसूचक १२.९५ अंकले घटेर २ हजार ६५२.५८ बिन्दुमा पुगेको छ।
परिसूचकसँगै कारोबार रकम पनि घटेको छ। आज ३४९ कम्पनीका १ करोड २३ लाख ७३ हजार कित्ता सेयर किनबेच भएका छन्। ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।
कुमारी सबल योजनाको सेयरमूल्य सर्वाधिक २.९६ प्रतिशत बढेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत् कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ।
कम्पनीको १८ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये १ उपसमूहको परिसूचक बढेको छ। १२ उपसमूहको परिसूचक बढेको छ।

