काठमाडौं । चितवनमा १७ औँ हात्ती एवम पर्यटन महोत्सव हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै १७ औँ चितवन हात्ती एवम पर्यटन महोत्सव पुस १० देखि १४ गतेसम्म आयोजना हुने जानकारी दिएको हो ।
होटल संघका अध्यक्ष विनायक शाहले हात्तीमाथि शोषणको मुद्दा उठेसँगै यो वर्ष हात्ती सवारी अर्थात हात्ती पोलो प्रतियोगिता नहुने बताएका छन् ।
उनले भने, ‘हामीले कोभिडपछि पहिलो पटक हात्ती मोहोत्तसव गर्ने लागेका हौँ । सबैले हात्तीमाथि शोषण गर्यो भन्छन् त्यसैले हात्तीको सफारी भन्दा पनी मनोरञ्जन दिने हामीले सोचेको हो । त्यसैले यसपाली हामीले हात्ती सफारी गर्दनैँ भने अन्य विभिन्न प्रतिस्पर्धा भने पहिलाका संस्करणमा झैं यथावत रहने छ ।’
यो पटक क्रिशम र अंग्रेजी नयाँ वर्षको बीचमा महोत्तसव हुने हुदाँ पर्यटक बढी आउने अपेक्षा राखेको उनले बताए ।
साथै, होटल संघका कोषाध्यक्ष युवराज श्रेष्ठले हात्ती पोलो प्रतिस्पर्धाबाहेक हात्ती श्रँगार प्रतियोगिता, हात्तीका लागि वनभोज, स्वदेशी र विदेशी पर्यटन व्यवसायीसँग बीटुबी सहमति, सांस्कृतिक झाँकी, हात्तीको दिनचार्य बारे जानकारी लगायत कार्यक्रमको तालिका रहेकोे बताए ।
यो महोत्सवबाट अन्तर्राष्ट्रियस्तरमै चितवनसहित मुलुककै पर्यटन प्रवर्धन हुने आयोजकले विश्वास लिएको छ ।
यस्तै, क्षेत्रीय होटल संघ चितवनका कोषाध्यक्ष माधव दुवाडीले चितवनमा यो महोत्सव सकिएसँगै होटल संघले नयाँ वर्ष सन् २०२४ को आगमनलाई लक्षित गरेर कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए ।
सन् २०२४ लाई ‘चितवन भ्रमण वर्ष’को रुपमा घोषणा गरिएको छ । हात्ती महोत्सवले सो भ्रमण वर्षको प्रचारप्रसारमा पनि ठूलो योगदान र्पुयाउने उनले बताए ।
१ करोड ८ लाख रुपैयाँ लागतमा संचालन हुन लागेको महोत्सवमा हरेक दिन करिब २० हजार जनाको सहभागिता रहने अनुमान आयोजकको छ ।
FACEBOOK COMMENTS