काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले १ लाख ४१ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
बैकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।
उक्त सेयर खरिद गर्ने चाहाने इच्छुक बैंकका विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति (पुष १३ गते) ले ३५ दिनभित्र बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौँमा आवेदन दिन सकिनेछ ।
FACEBOOK COMMENTS