काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले सञ्चालक पदमा सर्वसाधारण समूहबाट ४ जनालाई निर्वाचित गरेको छ ।
शुक्रबार सम्पन्न साधारणसभाले कम्पनीको सञ्चालक पदमा प्राधिकरणको पूर्व उपकार्यकारी निर्देशकसमेत रहेकी शान्तिलक्ष्मी शाक्यलाई दोस्रो कार्यकालका लागि सञ्चालक पदमा निर्वाचित गरेको छ ।
त्यस्तै, साधारणसभाले तुलसीराम ढकाल, रामप्रसाद रिमाल र भीमप्रसाद तिमल्सिनालाई पनि सञ्चालकमा निर्वाचित गरेको छ । रिमाल र तिमल्सिनालाई तेस्रो कार्यकालका लागि र ढकाललाई चौथो कार्यकालका लागि निर्वाचित गरेको हो । रिमाल हाल प्राधिकरणका कर्मचारी पनि हुन् ।
साधारणसभाले कम्पनीका सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र नगद लाभांश ५ प्रतिशतका दरले वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले सञ्चालकहरुको बैठक भत्ता र मासिक भत्तामा वृद्धिसमेत गरेको छ ।
FACEBOOK COMMENTS