काठमाडौं । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनविरुद्धको मुद्दामा सर्लाही जिल्ला अदालतमा सुनुवाइ सुरु भएको छ ।
बिहीबार प्रहरीले बम्जनलाई जिल्ला अदालत सर्लाहीसमक्ष प्रस्तुत गरेपछि उनीविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हो ।
न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरुद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।
हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो ।
FACEBOOK COMMENTS