काठमाडौं । काठमाडौंको टुँडिखेलमा अत्यधिक भिडभाडमा चेपिएर ८ जना घाइते भएका छन् ।
माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भिडभाडका क्रममा घाइते हुन पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भिडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ ।
भित्र प्रवेश गर्ने र बाहिर निस्कनेहरु धेरै हुँदा टुँडिखेलको गेटमा बढेको भिडमा उनीहरु चेपिएका प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS