काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ४ दशमलव ५७ विन्दुले बढेको छ ।
यससँगै सूचक २१२५ दशमलव १९ अंकमा आएको छ । यस सेसनमा ३३ लाख ४५ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
५५ कम्पनीको ११ हजार ८ सय ९९ कित्ता सेयर कारोबार भएको छ । कुल १ सय ३० वटा कारोबार भएको हो । यो सेसनमा ३८ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ ।
FACEBOOK COMMENTS