काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा सिद्धार्थ बैंक लिमिटेडले १ अर्ब १३ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा २ दशमलव १० प्रतिशतले कम हो । बैंकले गत वर्ष १ अर्ब १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी भने २ दशमलव १४ प्रतिशतले बढेर ४ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
सञ्चालन नाफा १ अर्ब ६५ करोडबाट घटेर १ अर्ब ६५ करोड रुपैयाँ कायम भएको छ । यसको इम्पेयरमेन्ट चार्ज १ अर्ब १८ करोड रहेको छ ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा ११ अर्ब ९६ करोड रुपैयाँ जम्मा रहेको छ । यस बैंकको प्रतिसेयर आम्दानी ३५ पैसाले घटेर १६ रुपैयाँ १८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ भने १८२ रुपैयाँ ७८ पैसा रहेको छ ।
FACEBOOK COMMENTS