काठमाडौं । दुई जलविद्युत कम्पनीहरुले नगल लाभांश वितरण सुरु गरेका छन् ।
चिलिमे र भगवती हाइड्रोपावरले आफ्ना सेयरधनीलाई नगद लाभांश खातामा पठाएका हुन्।
हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको बैकंद्वारा जारी सूचनामा उल्लेख छ । त्यस्तै डिम्याट खाता र बैंक खाता अद्दावधिक नगरेका सेयरधनीलाई तुरुन्त अद्दावधिक गर्न पनि आग्रह गरेका छन् । त्यसपछि मात्र खातामा नगद लाभांश आउने सूचनामा उल्लेख छ।
चिलिमेको पुस २० गते सम्पन्न सभाले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । त्यसैगरी, भगवतीको पुस २४ गते सम्पन्न सभाले कर सहित १० दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
FACEBOOK COMMENTS