टोकियो । जापानको व्यापार घाटा सन् २०२३ मा आधाभन्दा बढीले घटेर अघिल्लो वर्षको तुलनामा ९ दशमलव २९ ट्रिलियन येन अर्थात् करिब ६३ अर्ब अमेरिकी डलर मा झरेको सरकारी तथ्याङ्कले देखाएको छ ।
कूल निर्यात २ दशमलव ८ प्रतिशतले वृद्धि भई पहिलो पटक १०० दशमलव ८९ ट्रिलियन येनभन्दा बढी पुगेको छ । निर्यात वृद्धि सन् १९७९ देखि रेकर्ड राख्न थालिएपछिकोे सबैभन्दा उच्च स्तर हो ।
कार वा चार पाङ्ग्रे अल्का साधनको निर्यात ३२ दशमलव ७ प्रतिशतले बढेको छ भने निर्माण तथा खानी मेसिनरीको निर्यात १६ दशमलव २ प्रतिशतले बढेको छ ।
यसैबीच, तेल र ग्यासको मूल्यमा आएको कमीका कारण आयात ७ दशमलव ० प्रतिशतले घटेर ११० दशमलव १८ ट्रिलियन येनमा झरेको छ ।
बढ्दो आयात लागत र कमजोर येनको मारमा परेको जापानलाई बलियो निर्यात वृद्धिले आफ्नो व्यापार घाटा कम गर्न मद्दत गरेको छ । लगातार तेस्रो वर्षसम्म व्यापार घाटा भएको क्योदो न्यूजले जनाएको छ ।
डिसेम्बरमा मात्रै निर्यात अघिल्लो वर्षको तुलनामा ९.८ प्रतिशतले बढेको छ भने आयात ६ दशमलव ८ प्रतिशतले घटेको छ । यसको कारण मासिक व्यापार अधिशेष ६२ दशमलव १ अर्ब येन पुगेको छ ।
FACEBOOK COMMENTS