काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आजसम्म कायम रहेका सेयरधनीले कम्पनीको सभामा भाग लिन पाउनेछन् । कम्पनीले माघ १४ गते बुक क्लोज गरेको छ ।
कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ८.६३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले माघ २५ गते वार्षिक साधारणसभा बोलाएको छ ।
FACEBOOK COMMENTS