काठमाडौं । नेपालले पहिलो पटक नेपाली उत्पादन तेस्रो मुलुकमा निर्यात गरेको छ ।
भन्सार दिवसको अवसर पारेर तातोपानी नाकामार्फत गत शुक्रबार नेपालले चीनको बाटो प्रयोग गरी तेस्रो मुलुक जापानमा नेपाली उत्पादन निर्यात गरेको हो ।
भन्सार कार्यालय तातोपानीका अनुसार पहिलो पटक परीक्षणको रुपमा भन्सार दिवसको अवसर पारेर सिजी फुड्स प्राइभेट लिमिटेडले उत्पादन गरेको वाईवाई जिङ्ग चाउचाउ जापान पठाइएको हो ।
भन्सार कार्यालय तातोपानीका अनुसार ११ हजार ७ सय ९१ अमेरिकन डलरबराबर (१५ लाख ६८ हजार १ सय १८ नेपाली रुपैयाँ) को २ हजार ४ सय वाईवाईको कार्टुन (७२ हजार चाउचाउको प्याकेट) जापान निर्यात गरिएको हो ।
FACEBOOK COMMENTS