काठमाडौं । प्रविधिको प्रयोगमा अब्बल रहेका नेपालका बैंक तथा वित्तीय संस्थाहरूले आफ्ना ग्राहकको सहजताका लागि विभिन्न माध्यमहरू प्रयोगमा ल्याइरहेका छन् । त्यसैमध्येको एउटा माध्यम हो ‘कन्ट्याक्टलेस कार्ड’ ।
प्राय: सबै बैंकहरूले प्रयोगमा ल्याइरहेको नियर फिल्ड कम्युनिकेशन (एनएफसी)मा आधारित उक्त कार्ड ‘एनएफसी’युक्त अर्थात् ट्याप सुविधा सुविधा सिटिजन्स बैंक इन्टरनेशनलले पनि तीन वर्षअघि नै सुरू गरिसकेको छ । डिजिटल बैंकिङ्गलाई प्राथमिकता दिँदै आएको सिटिजन्सले प्रयोगमा ल्याएको यो सेवा उपभोग गर्न अत्यन्तै सहज रहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार कन्ट्याक्टलेस सजिलो प्रक्रियाबाट प्रयोग गर्न सकिन्छ । यो कार्डमार्फत प्रतिकारोबार दुई हजार रुपैयाँ र प्रतिदिन २० हजार रुपैयाँसम्म बिनापिन नम्बर भुक्तानी गर्न सकिन्छ । यो कार्ड प्रयोग गर्न मर्चेन्टले रकम प्रविष्ट गरेपछि पीओएस मेसिनको केही दूरीभित्र कार्ड देखाएमात्र पुग्छ । पिन कोड प्रविष्ट गर्नुपर्ने तथा इन्सर्ट स्वाइप गर्नुपर्ने आवश्यकता यो माध्यममा पर्दैन ।
भिजा कार्डमार्फत हुने कारोबारलाई सहज बनाउन बैंकले कन्ट्याक्ट लेस कार्ड सेवा सुरु गरेको थियो । कार्डको ‘ट्याप एण्ड पे’ सुविधाका कारण पीओएसमा ट्याप गरी सजिलै कारोबार गर्न सकिने हुँदा बैंकिङ सुविधा प्रयोगकर्ताहरूलाई थप सहज बनेको छ ।
सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरि फैलिएका आफ्ना १९० वटा शाखा, १५२ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ्ग ईकाइहरुबाट आफ्ना १७ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
FACEBOOK COMMENTS