काठमाडौं । रिडी पावर कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।
हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले बुक क्लोजको मिति तय गरेको छ । हकप्रद सेयर निष्कासन गर्नका लागि माघ २२ गते बुक क्लोज गर्ने भएको छ । माघ २१ गतेसम्म कायम रहने सेयरधनीले कम्पनीको हकप्रद सेयर निष्कासन गर्न सक्नेछन् ।
नेपाल धितोपत्र बोर्डले १ः०.५० अनुपातमा कुल ७७ लाख ४४ हजार ५०६ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा ७७ करोड ४४ लाख ५० हजार ६ सय रुपैयाँको सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले साझा पावर डेभलपमेन्ट कम्पनीको स्वामित्वमा रहने तल्लो बलेफि जलिविद्युत आयोजना निर्माण गर्न उक्त पैसा खर्च गर्ने जनाएको छ ।
FACEBOOK COMMENTS