काठमाडौं । ठमेलस्थित एक होस्टलमा चिनियाँ नागरिक मृत भेटिएका छन् ।
काठमाडौं महानगरपालिका–१७ ठमेलको क्वावहालस्थित नेपालय होम होस्टलमा ४७ वर्षीय चिनियाँ नागरिक बाओ गुआन्ग्ली मृत भेटिएका हुन् ।
यही माघ १० गतेदेखि उक्त होस्लमा बस्दै आएका उनी आइतबार मृत भेटिएका हुन् ।
ती चिनियाँ नागरिक आफू बस्ने कोठाभित्र शनिबार मृत भेटिएका प्रहरीले जनाएको छ ।
ती चिनियाँ नागरिकको मृत्युको कारण खुलिनसकेको छैन । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
FACEBOOK COMMENTS