काठमाडौं । लुम्बिनी विकास कोषले लुम्बिनीस्थित रामग्राम क्षेत्रको जग्गा अधिग्रहण गरेर निजी कम्पनीलाई ९९ वर्षका लागि भाडामा लगाउने गरी भएको सम्झोता खारेज गरेको छ ।
मंगलबार बसेको कार्यकारिणी समिति बैठकले रामग्राम क्षेत्रमा लुम्बिनी विकास कोष र प्रमिस्ट ल्यान्डबीच भएको सम्झौता खारेज गरेको हो ।
संघीय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिको २८ माघको निर्देशन कार्यान्वयन गर्दै कोषले ती सम्झौता तथा कार्य खारेज गरेको हो । लेखा समितिले रामग्राम क्षेत्रमा गरिएका सबै सम्झौता खारेज गर्न निर्देशन दिएको थियो ।
यसअघि कोष र द प्रमिस्ड ल्यान्डबीच रामग्राम क्षेत्र उत्खनन तथा बौद्ध स्तूप निर्माण गर्नेलगायत सम्झौता भएको थियो । युनेस्कोको मापदण्ड र कानुनी प्रक्रिया अनुसार निर्माण कार्य गर्न र मापदण्ड विपरीत भएका यस्ता क्षेत्र उत्खनन र अनुसन्धान नगर्न समितिले निर्देशन दिएको थियो ।
हेर्नुहोस् कोषको निर्णय :
FACEBOOK COMMENTS