काठमाडौं,फागुन १९- नेपाल सरकारले अराइभल भिसामा रोक लगाएको छ। विश्वभर फैलिरहेको कोरोना भाइरस प्रकोपलाई मध्येनजर गर्दै सरकारले मार्च ७ देखि सम्पूर्ण मुलुकका लागि अन अराइभल भिसामा रोक लगाएको हो ।
रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा गठित कोरोना रोकथाम उच्चस्तरीय समन्वय समितिले कोरोना संक्रमणबाट अति प्रभावित मुलुकका नागरिकलाई आइतबारदेखि १ हप्तासम्मका लागि अन-अराइभल भिसा नदिने निर्णय गरेको हो।
अब चीन, दक्षिण कोरिया इटली, इरानलगायत कोरोना संक्रमणबाट अति प्रभावित मुलुकका नागरिकले उक्त भिसा पाउने छैनन् ।
यसअघि नाइजेरिया, घाना, जिम्बाबे, स्वाजिल्यान्ड, क्यामरुन, सोमालिया, लाइबेरिया, इथियोपिया, इराक, प्यालेस्टाइन, अफगानिस्तान, सिरिया र शरणार्थीले बाहेक अन्य सबै मुलुकका नागरिकले नेपालमा अन–अराइभल भिसा पाउँदै आएका थिए।
FACEBOOK COMMENTS