काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधनका लागि समय खुला भएको छ ।
आइतबार प्रतिनिधि सभाले यो विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यो सँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यहरुले ७२ घण्टाभित्र विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न सक्ने जानकारी गराएका छन् ।
सांसदहरुको संशोधन प्रस्ताव दर्ता भएपछि प्रतिनिधिसभा बैठकले यो विधेयकमाथि सदनमै छलफल गर्ने वा संसदीय विषयगत समितिमा दफावार छलफल चलाउने भनी निर्णय लिन्छ ।
अर्थ मन्त्रालयका अनुसार चेक अनादर सम्बन्धी विषयलाई सम्बोधन गर्न यो विधेयक ल्याइएको हो ।
FACEBOOK COMMENTS