काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल एले ऐतिहासीक जित निकालेको छ ।
क्यानडा एघारविरुद्ध नेपाल ए २ विकेटले विजयी भएको हो ।
मूलपनी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपाल एले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गरे ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । ए टिमका कप्तान विनोद भण्डारी बिरामी भएकाले जोरा कप्तानी गर्ने अवसर पाएका थिए ।
यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाका श्रेयास मोभाले सर्वाधिक ६८ रन जोडे । नवनित धलिवलले ४६, सृमन्थ विजयरत्नेले ४१ र आरोन जोन्सनले ३६ रनको योगदान दिए ।
बलिङमा नेपालका शाहव आलमले ३, शेर मल्ल र रशिद खानले २/२, बसिर अहमद र सागर ढकालले १/१ विकेट लिए ।
FACEBOOK COMMENTS