काठमाडौं – नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी विक्रेता प्रतिष्ठीत औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा. लि.ले फागुन १७ गते “कालिन्चोक नाइट आउट” कार्यक्रम आयोजना गरेको थियो ।
बालाजु स्थित रोयल इन्फिल्ड शोरुम देखी सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ्m अपरेसन कनक जम्मर र रोयल इन्फिल्डका सेल्स म्यानेजर रुद«जगं शाहले शुभारम्भ गरेका थिए । ¥याली कालिन्चोक, दोलखामा पुगी सम्पन्न भएको थियो ।
रोड क्यापटेन राइडर रमेश अवालेको नेतृत्वमा सुरु भएको मोटरसाईकल ¥यालीमा ४७ वटा रोयल इन्फिल्डमा सवार ७८जना राइडरहरुको १५५ किलोमिटरको लामो दुरी पार गरेका थिए ।
नेपालका ेआन्तरिक पर्यटनलाई प्रचार एवं प्रर्वधन गर्ने मुख्य उद्देश्य राखेर बिहानको ०८ बजे बालाजु देखी हिडेको मोटरसाईकल ¥याली स्वयम्भु, बल्खु, नख्खु, सातदोबाटो, बालकुमारी, सल्लाघारी, बनेपा, धुलिखेल, दोलालघाट, कदमबास, थुमपाखर, अत्तरपुर, बोचा, चरिकोट, हुदैँ कालिन्चोक कन्ट्रि भिला, कालिन्चोक, दोलखामा पुगी समापन भएको थियो । टु–व्हील् राइड कल्चरको विकास र सडक सुरक्षापनि ¥यालीको उद्देश्य रहेको थियो ।
FACEBOOK COMMENTS