काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेका लघुवित्त पीडितहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
उपत्यका प्रहरी प्रमुख एआईजी दिपक थापाका अनुसार, कम्तिमा १८ जनालाई पक्राउ गरेर प्रहरी वृत्त, बानेश्वर लगिएको छ ।
सरकारले संघीय संसद वरपरका क्षेत्रलाई निषेधित क्षेत्र तोकेर प्रदर्शन गर्न निषेध गरेको छ । अझ संघीय संसदभित्र प्रवेश पास बिना जान दिइँदैन ।
लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिँडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार नारावाजी गर्दै संसद भवनभित्रै प्रवेश गरेका हुन् ।
FACEBOOK COMMENTS