काठमाडौं,फागुन २१- प्रधानमन्त्री केपी ओलीको मृगौला प्रत्यारोपण सफल भएको छ । प्रधानमन्त्री ओलीलाई अप्रेशन वार्डबाट सघन उपचार कक्ष अर्थात् आईसीयूमा सारिएको छ ।
प्रधानमन्त्री नयाँ मृगौलाले काम गर्न थालेको र ओली होसमा आईसकेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।मृर्गौला प्रत्यारोपण गरेपछि ओलीले झण्डै आधा लिटर पिसाब फेरेको पनि अस्पतालले जनाएको छ ।
ओलीलाई मृगौला प्रत्यारोपणका लागि सोमबार अस्पताल भर्ना गरिएको थियो । उनलाई नातामा भान्जी पर्ने समिक्षा संग्रौलालले मृगौला दिएकी थिइन् ।
FACEBOOK COMMENTS