काठमाडौं । न्याय खोज्दै काठमाडौं आएका मिटरब्याज पीडितहरूलाई सरकारले पक्राउ गरी कानुनी कारबाही चलाएको घटनाप्रति नेकपा एमालेको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आपत्ति जनाएको छ ।
आफ्नो आवाज राज्यले सुन्नुपर्ने र सम्बोधन गरिनुपर्ने दबाबसहित हिजो सोमबार संसद भवन घेर्न नयाँबानेश्वर पुगेका दर्जनौँ मिटरब्याज पीडितहरूलाई उल्टै पक्राउ गरिएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेको हो ।
‘निमुखा नागरिक आफ्नो आवाज राज्यले सम्बोधन गर्नुपर्छ भन्ने दबाबसहित २०८० फागुन १४ गते संसद भवन परिसरमा प्रवेश गरेकोमा पीडितको माग सम्बोधन गर्नुपर्ने ठाउँमा उल्टै ४९ जना विरुद्ध कानुनी कारबाही गर्ने सुरक्षा समितिको निर्णयप्रति अनेरास्ववियु खेद प्रकट गर्दछ र अविलम्ब सबैलाइ रिहाइ गर्दै तत्काल मिटरब्याज पीडितहरुको समस्याप्रति गम्भीर बन्न र समाधनका लागि अबिलम्ब पहल गर्न सरकारसँग जोडदार माग गर्दछौँ,’ संगठनका अध्यक्ष समिक बडालले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
एनले मिटरब्याज पीडितहरूको आन्दोलनमा आफूहरूको स्पष्ट समर्थन रहेको जनाउँदै अगाडि भनेका छन्, ‘पूर्वमा कोशी प्रदेशको काँकरभित्तादेखि पश्चिममा सुदूरपश्चिम प्रदेशको महेन्द्रनगर कञ्चनपुरबाट २३ दिन पैदल हिँडेर न्याय माग्दै देशभरका मिटरब्याज पीडितहरु न्याय माग्दै काठमाडौंसम्म आइ चरणबद्ध आन्दोलनमा हुनुहुन्छ । मिटर ब्याज पीडितहरुको आन्दोलनप्रति अनेरास्ववियुको तर्फबाट समर्थन व्यक्त गरिसकेका छौँ ।’
राज्यले दमन गरेर पीडितमाथि थप कारबाही अगाडि बढाएमा अनेरास्ववियुले कठोर आन्दोलनको उद्घोष गर्ने चेतावनी पनि अनेरास्ववियुले विज्ञप्तिमार्फत दिएको छ ।
संसद भवन प्रवेश गरेका ४९ जनाविरुद्ध मुद्दा चलाइँदै, ७ दिन हिरासतमा राख्ने
सिंहदरबार आसपासको फुटपाथमा हिँड्न नपाउँने
लघुवित्तहरूले ब्याज र सेवाशुल्क लिए राष्ट्र बैंकका उजुरी दिन आग्रह
FACEBOOK COMMENTS