एजेन्सी । श्रीलङ्का सरकारले आर्थिक मन्दीबाट प्रभावित साना तथा मझौला उद्यमीहरू (एसएमई) र अन्य व्यवसायीहरूलाई सहयोग गर्न २० अर्ब रुपैयाँ (करिब ६४.५ मिलियन अमेरिकी डलर) ऋण उपलब्ध गराउने भएको छ ।
मन्त्रीपरिषद्का प्रवक्ता बन्दुला गुणवर्द्धनाले मङ्गलबार सो प्रयोजनका निम्ति एसियाली विकास बैंक (एडिबी)को सहयोग प्राप्त हुने पत्रकार सम्मेलनमा बताए ।
प्रवक्ता गुणवर्द्धनाले नयाँ र स्थापित दुवै व्यवसायलाई १५ अर्ब रुपैयाँ (४८.३ मिलियन डलर) ऋणमा पहुँच प्रदान गर्ने र बाँकी ५ अर्ब रुपैयाँ (१६.१ मिलियन डलर) निष्क्रिय कर्जाको मारमा परेका साना तथा मझौला उद्योगका लागि विनियोजन गरिने बताए । ऋण संस्थाहरू मार्फत वितरण गरिनेछ ।
FACEBOOK COMMENTS