काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ० दशमलव ८७ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार दशमलव ७७ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको ५१ लाख १५ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ११ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २० प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ३६ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ४५ प्रतिशतले घटेको छ ।
FACEBOOK COMMENTS