काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले १ः१ अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६२६ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको हो ।
हकप्रद सेयरमा लगानीकर्ताले चैत ७ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयरमा माघ १४ गतेसम्म कायम रहेका लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीले माघ १५ गते बुक क्लोज गरेको छ ।
यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटलले रहेको छ । हकप्रद सेयरमा सी आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन सकिनेछ । यस्तै मुक्तिनाथ क्यापिटल, मुक्तिनाथ विकास बैंक र ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ ।
FACEBOOK COMMENTS