काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत ९ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ ।
यो पटक कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीको केन्द्रीय कार्यालय शिखर विज सेन्टरमा हुने सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारण १ जना सञ्चालक निवार्चन गर्नेछ ।
सभा प्रयोजनका लागि फागुन २७ गते बुक क्लोज गर्ने भएको छ । २६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS