काठमाडौं । बुधवार सेयर बजार परिसूचक नेप्सेमा ९ दशमलव ३३ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १७ दशमलव ०३ विन्दुमा पुगेको छ । आज ३ सय ८ कम्पनीको ९१ लाख ३८ हजार १ सय ४५ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८३ लाखे कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव ४६ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २९ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव ४० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव २९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS