सियोल । थोक, खुद्रा, निर्माण र शिक्षा सेवा क्षेत्रहरुमा कम मागको कारण दक्षिण कोरियाको बेरोजगारी दोहोरो अंकमा झरेको सोमबार सार्वजनिक श्रम मन्त्रालयको तथ्यांकले देखाएको हो ।
रोजगार तथा श्रम मन्त्रालयका अनुसार रोजगारी खोज्ने नयाँ आवेदकहरुको संख्या फेब्रुअरीमा ९३ हजार २०० पुगेको छ । अघिल्लो बर्षको तुलनामा १३ दशमलव ३ प्रतिशतले घटेको छ ।जनवरीमा एक अंकको वृद्धि भएपनि वेरोजगारी दरको दावी फेब्रुअरीमा पुन: तल झरेको थियो ।
गत महिना थोक, खुद्रा, निर्माण, र शिक्षा सेवा उद्योगहरुमा आवेदकहरु घटेता पनि सूचना र सञ्चार क्षेत्रमा बढेको देखिएको छ । लाभ प्राप्त कर्ताहरुको संख्या एक वर्ष अघिको तुलनामा १ दशमलव १ प्रतिशतले बढी अर्थात् फेबु्रअरीमा ६ लाख २५ हजार ५०० थियो ।
गत वर्षको फेबु्रअरीदेखि लगातार बेरोजगारी दावीमा वृद्धि हुँदै आएको छ । फेब्रुअरीमा रोजगार खोज्नेको कूल भुक्तानी ८ दशमलव ५ प्रतिशतले बढेर ९६१ दशमलव ९ अर्ब वोन (७३१ दशमलव ४ मिलियन अमेरिकी डलर) पुगेको छ ।
FACEBOOK COMMENTS