काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ५८ दशमलव ५८ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार १११ दशमलव २४ विन्दुमा पुगेको छ । आज ३ सय ५ कम्पनीको १ करोड ६० लाख ९ हजार ५ सय ९७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५५ करोड १६ लाख बराबरको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ८५ प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ९० प्रतिशत, फ्लोट इन्डेक्स ३ दशमलव ०० प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ३ दशमलव १५ प्रतिशतले बढेको छ ।
FACEBOOK COMMENTS