काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संघिय संसदबाट विश्वासको मत पाएका छन् । २१ गते गठबन्धन बदलेर प्रधानमन्त्री बनेका प्रधानमन्त्री प्रचण्डले आज संसदमा विश्वासकामे मत पाएका हुन् ।
संसदमा आज खसेको कुल मत २६८ मध्ये प्रधानमन्त्री प्रचण्डको पक्षमा १ सय ५७ मत पाएका छन् । त्सैगरी विपक्षमा १ सय १० मत खसेको छ । त्यसैगरी म दिन्न भन्ने पक्षमा १ मत खसेको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताए ।
प्रधानमन्त्रीलाई नेकपा एमाले, उनको दल नेकपा माओवादी केन्द्रका साथै राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, एकिकृत समाजवादी पार्टी र नागरिक उन्मुती पार्टीले मत दिएका हुन् ।
FACEBOOK COMMENTS