काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आवको नाफाबाट लाभांश दिएको छैन ।
चैत २९ गते वार्षिक साधारणसभा बोलाएको कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । सभामा यही प्रस्ताव लैजाने भएको छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते बुक क्लोज गर्ने भएको छ । चैत ६ गतेसम्म कायम रहेका सेयरधनी सभामा भाग लिन पाउनेछन् ।
FACEBOOK COMMENTS