काठमाडौं । एमजीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी फोर ईभीको स्ट्रेन्थ टेस्ट गरेर ग्राहक वर्गमा ईभीको अविश्वसनीय सम्भावनाहरूको परीक्षण गरेको छ ।
‘एमजी४ स्ट्रेन्थ टेस्ट : इन्डुरेन्स इन एड्भर्सिटी’ नामको यो इभेन्ट नेपालमा आयोजना गरिएको पहिलो ईभी स्ट्रेन्थ टेस्ट हो । गत बिहीबार धुलिखेलस्थित ‘डर्ट टेम्पल’मा विशेष कार्यक्रम आयोजना गरी कम्पनीले विभिन्न सेलिब्रेटी, मिडियाकर्मी, ग्राहकवर्ग तथा सामाजिक सञ्जालका प्रभावकर्ताहरू सहभागी गराएको हो ।
डर्ट टेम्पलमा एमजी४ ईभीको ‘इन्डुरेन्स’ गरिएको थियो । त्यहाँको डर्ट ट्रयाकमा सहभागीहरूले हिलो बाटो, सार्प टर्निङ, ह्वील असिस्ट र ओरालोको पर्फमेन्सजस्ता विषयमा एमजी४ ईभीको परीक्षण गरेका थिए । ट्रयाकमा गाडी कुदाउने क्रममा सहभागीहरूले सो गाडीको ग्राउन्ड क्लियरेन्स, चारवटै चक्कामा रहेका इन्डिपेन्डेन्ट सस्पेन्सनको पर्फमेन्स, त्यसको पावर र पीकअपको अनुभव लिएका थिए ।
एमजीको डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको पहिलो ईभी एमजी फोर, अविश्वसनीय डर्ट ट्रयाकमा ड्राइभ गराइएको थियो । उक्त ट्रयाकमा पटहोल, ठाडो उकालो, सार्प टर्निङ, मडी, बम्पी बाटोमा कारको स्ट्रेन्थ टेस्ट गरिएको थियो ।
यसो हेर्दा कम ग्राउण्ड क्लियरेन्स भएको देखिए पनि इन्डिपेन्डेन्ट र स्टिफ सस्पेन्सनका कारण चार जना बसेर गाडी चलाउँदा पनि ग्राउन्ड क्लियरेन्सका कारणले समस्या सृजना नभएको पाइयो । एमजी४ ईभीमा रहेको ह्वील असिस्ट, ह्वील डिसेन्ट कन्ट्रोल तथा रियर ह्वील ड्राइभका कारण अफ्ठ्यारो बाटोमा पनि राम्रो पर्फमेन्स दिएको अनुभव सहभागीहरूले सुनाए ।
सहभागीहरूले टेस्ट ड्राइभ पश्चात एमजी४ ईभी सहरका चिल्ला बाटोमा मात्र नभई बिग्रिएका, खाल्डाखुल्डी, हिलो तथा कच्ची बाटोहरूमा पनि सहजै चलाउन सकिने बताएका छन् ।
FACEBOOK COMMENTS