काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
आज कार्यालय समयभित्र कायम रहेका सेयरधनीले मात्रै कम्पनीले तोकेको लाभांश पाउनेछन् । सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते बुक क्लोज गर्ने भएको छ ।
कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न चैत २७ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु जनाइएको छ ।
FACEBOOK COMMENTS