काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अध्यागमन सुधार्नका लागि अध्यागमनकै कर्मचारीबाट योजना मागेका छन् । मंगलबार अध्यागन विभाग कालिाकास्थानमा कर्मचारीलाई निर्देशन दिदै गृहमन्त्री लामिछानेले अध्यागनम सुधार गर्नै पर्ने अवस्थामा भएकाले, आफूले निर्देशन गर्नुुभन्दा पहिला अध्यागमनका कर्मचारीको योजना खोजेका हुन् ।
सुधारका लागि कर्मचारीबाट आउने योजनालाई मन्त्रालयले सहयोग गर्ने बताउँदै लामिछानेले भने ‘विदेशीका लागि अध्यागमन देशको मुहार हो । मुहार नराम्रो हुँदा देशप्रति नै सकारात्मक धारणा बन्दैन। अध्यागमन सुधारका योजना ल्याउनुस्। तपाईंका योजनामा मन्त्रालयले सक्दो सहयोग गर्छ। म निर्देशन होइन सहकार्यमा विश्वास गर्छु।’
गृहमन्त्री लामिछानले रेमिट्यान्स पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थलमा जाँदा–आउँदा गरिने अमर्यादित र अभद्र व्यवहार बारे आफू जानकार भएको बताउँदै अध्यागमनका कर्मचारीलाई व्यवहार सुधार गर्न निर्देशन समेत दिए ।
साथै केही खराव कर्मचारीका कारण धेरै इमान्दार कर्मचारीले दोष पाउने गरेको भन्दै आफूले खराबलाई चिनेर इमान्दारलाई प्रोत्साहित गर्ने समेत बताए । विभागमा आयोजित कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतिबारे जानकारी गराएका थिए ।
FACEBOOK COMMENTS