काठमाडौं । लुम्बिनी विकास बैंकका स्वतन्त्र सञ्चालकले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् ।
गत फागुन ३० गते बैंक सञ्चालक समितिले मनोनीत गरेका जय देव श्रेष्ठले आज सपथ ग्रहण गरेका हुन् । उनलाई बैंकका अध्यक्ष चिन्तामणि भट्टराइले सपथ ग्रहण गराए ।
देशका सात वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको विभिन्न स्थानहरुमा गरी ८९ वटा शाखा कार्यालयहरु तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेकोे छ ।
FACEBOOK COMMENTS