काठमाडौं । प्रतिष्ठित व्यावसायिक समूह गोल्यान ग्रुपको प्रबन्ध निर्देशक अक्षय गोल्यानलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड’ प्रदान गरिएको छ ।
कर्पोरेट म्यागजिनको अवार्ड विशेष अङ्क पढ्न यहाँ क्लिक गर्नुहोस्
कर्पोरेट मिडिया ग्रुप (कर्पोरेट म्यागजिन र कर्पोरेट खबर अनलाइन) ले आफ्नो १६औँ वार्षिकोत्सवको अवसरमा उनलाई ‘कर्पोरेट बिजनेश एक्सिलेन्सी अवार्ड, २०८०’ प्रदान गरेको हो ।
अक्षय गोल्यान विभिन्न व्यापारिक पोर्टफोलियोको नेतृत्व गर्दै आएको प्रतिष्ठित व्यावसायिक समूह गोल्यान ग्रुपको प्रबन्ध निर्देशक हुन् । ईएसएडीई बिजनेस स्कुलबाट एमबी र दुबईको अमेरिकी विश्वविद्यालयबाट बीबीएसम्मको अध्ययन गरेका गोल्यानले यो जिम्मेवारीमा रहेर १२ वर्ष भन्दा बढी समय बिताइसकेका छन् ।
कृषि, होटेल, ऊर्जा र उत्पादनमुलक उद्योगहरू स्थापना र प्रवर्द्धन तथा विभिन्न वस्तु तथा सेवा निर्यात गर्दै आएको गोल्यान समूह नेपालको एक अग्रणी व्यावसायिक समूह हो । वार्षिक ४०० मिलियन भन्दा बढीको कारोबार गर्ने यो समूहभित्र करिब आठ हजार जनाले रोजगारी पाइरहेका छन् ।
नेपालको सबैभन्दा ठूलो धागो उद्योग रिलायन्स स्पिनिङ मिल, गोल्यान होटेल्स, सीटी होटेल लिमिटेड (हायात प्लेस)लगायत विभिन्न होटेल तथा रिसोर्टहरू, गोल्यान पावर लिमिटेडलगायत उद्यमहरू उनको व्यवस्थापनमा सञ्चालन भइरहेका छन् । सामाजिक सेवा मन पराउने उनी नयाँ–नयाँ व्यवसाय गर्न, विकास, व्यापार योजना, व्यापार रणनीति, वार्ता, बिक्री, सम्भाव्यता अध्ययन र व्यवस्थापन उनको विशेषता हो ।
‘मैले लिएको ऋण देख्नेले लगानी पनि देख्नुपर्ने हो’
FACEBOOK COMMENTS