काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले १५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको हो ।
लाभांश पारितको प्रस्तावसहित कम्पनीले २०८१ वैशाख १२ गते साधारणसभा बोलाएको छ । सभा होटल भिलासा, भैरहवामा बस्नेछ ।
FACEBOOK COMMENTS