काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अङ्कले घटेको छ ।
नेपाल धितोपत्र बोर्डका अनुसार आज ५ दशमलव ७७ अङ्कले घटेर नेप्से परिसूचक दुई हजार ४ दशमलव ४४ विन्दुमा रोकिएको छ ।
यस दिन ३२२ धितोपत्रको ६३ लाख ५६ हजार २७९ कित्ता शेयर ५१ हजार ५७ पटक खरिदबिक्री हुँदा दुई अर्ब ४७ करोड ६९ लाख २३ हजार ५५६ रुपैयाँ ८७ पैसा बराबरको शेयर कारोबार भएको छ ।
FACEBOOK COMMENTS